लुम्बिनी एक्स्पोमा पाँचसय स्टल दर्ता

२ पुष २०६९, सोमबार १८:३३ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २ पुस । रुपन्देही व्यापार संघको आयोजनामा आउँदो पुस ६ देखि १७ गतेसम्म बुटवलमा आयोजना हुन लागेको लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलामा आज सम्म पाँचसय भन्दा बढीस्टल दर्ता भएका छन् ।
करिव साढे पाँचसय स्टल सहभागी गराउने गरी आयोजकले स्टल निर्माणको कामलाई समेत तीब्रता दिएको छ । मेलामा सहभागिताका लागि उद्योगी व्यवसायीहरु उत्साहित बनेको मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष टंक पोखरेलले बताउनुभयो ।
मेलामा छुट्टाछुट्टै पेभेलियनको रुपमा स्टलहरुलाई सहभागी गराइने छ । अध्यक्ष पोखरेलका अनुसार दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेशिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोबाईल्स, इलेक्ट्रोनिक्स, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, गार्मेन्ट्स, फुटवेयर लगायतलाई छुट्टाछुट्टै पेभेलियनको रुपमा व्यवस्थित गरिने छ ।
बढ्दो स्टल सहभागिता र दर्शकको चापलाई ध्यानमा राख्दै मेलाको व्यवस्थापनमा मुख्य ध्यान दिइने अध्यक्ष पोखरेलले बताउनुभयो ।
विगतका वर्षहरुमा व्यापारीक कारोवारलाई लक्षित गरी मेला संचालन गर्ने गरिएकोमा यस पटक भने राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीका उत्पादनहरुको प्रदर्शन तथा उपभोक्ता जागरण कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने तयारी मेला आयोजकहरुले गरेका छन् । “मेलाको उद्देश्य व्यापार प्रवद्र्धन मात्र नभै उपभोक्ता जागरण र पर्यटन प्रवद्र्धन पनि हो”–अध्यक्ष पोखरेलले भन्नुभयो ।
यस पटकको मेलामा वंगदादेश, चीन, पाकिस्तान, भुटान, भारत लगायतका देशका  करिव ३० वटा कम्पनीले मेलामा सहभागिता जनाउने संघका महासचिव यमलाल लोहनीले जानकारी दिनुभयो । उहाँका अनसार साढे ५ सय स्टल रहने मेलामा पाकिस्तानी छालाजुत्ता, ज्याकेट, चिनबाट ल्याइने विद्युतीय सामान, उनीकपडा जस्ता बहुराष्ट्रिय कम्पनीका उत्पादकहरुले स्टल दर्ता गराईसकेका छन् ।
मेलाको तयारीका लागि गठन भएका उपसमितिहरुले आ–आफ्नो कामलाई अन्तिम चरणमा पु¥याएका छन् । यसपटकको मेलामा साँस्कृतिक कार्यक्रम, बाल उद्यानका अतिरिक्त हेलिकप्टर यात्रा, अष्ट्रिच, स्टलहरुको छुट्टाछुट्टै पेभेलियम मुख्य आकर्षणको रुपमा रहनेछन् ।
करिव २५ करोडको कारोबार गर्ने लक्ष्यसहित आयोजना गरिएको लुम्बिनी एक्स्पोमा ५ लाख दर्शकले अवलोकन गर्ने विश्वास आयोजकहरुले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार