बाबुराम कुर्सी छोड्न असहमत भएपछि ‘सहमति’को फोका त्यसै फुट्यो’

२ पुष २०६९, सोमबार १८:२३ मा प्रकाशित

काठमाडौं, २ पुस । सहमतिका लागि तोकिएको अन्तिम दिन आज बस्ने भनिएको दलहरुको बहुप्रतीक्षित बैठक बस्दैनबसी राष्ट्रपतिले दिएको म्याद गुज्रिएको छ । आज बिहान प्रचण्ड निवास लाजिम्पाटमा बसेको एमालेका नेता माधव नेपाल, कांग्रेसका कृष्ण सिटौला र प्रचण्डबीचको बैठकमा साँझसम्ममा प्मुख चार दलबीच बेठक बसेर सहमतिमा पुग्ने निचोड निकालिएको थियो भने प्रचण्डले आज साँझसम्ममा दलहरुबचि सहमति हुने दाबी गरेका थिए । उनको यस दाबीलाई पत्याएर धरैले सुशील कोइराला प्रधानमन्त्री बन्ने अब निश्चित भएको प्रचारसमेत गरेका थिए ।
यसरी चौथोपटक दिइएको समय पनि दलहरुले औपचारिक बैठक समेत नबसी गुजारेपछि राजनीतिक अन्योल मात्र बढेको छैन, दलहरुप्रतिको विश्वासमा पनि थप ह्रास आएको छ । राष्ट्रिय सहमतिको सरकार गठनमा सहमति जुट्न नसकेपछि दलहरुले फेरि राष्ट्रपतिसँग थप समय माग्ने ‘सहमति’ गरेका छन् । अब पुनः तीन दिनका लागि थप समय माग्ने निचोडमा दलहरु पुगेको बताइएको छ । बताइएअनुसार प्रचण्डले सहमतिका लागि विशेष जोड गरे पनि बाबुराम भट्टराईले यस प्रक्रियाको बेवास्ता गरेका हुन् । सहमति र त्यागको कुरा गरिरहे पनि कुर्सी छोड्नेमा प्रधानमन्त्री भट्टराईले सहमति नजनाएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको