‘मधेसको स्वाभिमानलाई बेचिन्न’

२ पुष २०६९, सोमबार १७:४९ मा प्रकाशित

वीरगन्ज, २ पुस । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले  मधेसीसँगै मुलुकका सम्पूर्ण वर्ग, जातजाति र समुदायलाई समान अधिकार र अवसर प्राप्त हुनुपर्नेमा जोड दिँएका छन् ।
उनले मधेसको स्वाभिमान, सम्मान र पहिचानका लागि आफूले कसैसँग कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
आज पार्टीसँग आबद्ध दलित, जनजाति, आदिवासी र मुस्लिमको संयुक्त राष्ट्रिय भेलालाई यहाँ सम्बोधन गर्दै उनले भने, ‘मुलुकमा विद्यमान आर्थिक, सामाजिक र सांस्कृतिक भेदभावको अन्त्य भई समाजिक न्यायमा आधारित विभेदरहीत समतामूलक समाज निर्माण होस भन्ने मधेशको चहाना हो ।’
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नयाँ समावेशी संविधान घोषणा गर्ने कार्य नेपाली जनताको निर्वाचित संस्थाबाट मात्र हुनुपर्दछ, कुनै व्यक्ति वा राजनीतिक शक्तिको भरमा होइन, उनले भने।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल