सहमति जुटाउने गरी छलफलमा बस्ने तीन दलको तयारी

२ पुष २०६९, सोमबार १५:१५ मा प्रकाशित

काठमाडौ, २ पुस । राजनीतिक सहमति जुटाउने आज साँझ तीन दलको बैठक बस्दै छ । बैठकमा एमाओवादी, कांग्रेस र एमालेका नेताहरुबीचको बैठक बस्ने भएको हो ।
यसैबीच आज विहान एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो ।
एमाओवादीका अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा पनि आजै साँझमा तीन दलबीच बैठक बसी राजनीतिक दलहरुबीच सहमति जुटाउने सहमति भएको थियो ।
राष्ट्रपति रामवरण यादवले दलहरुलाई सहमति जुटाउनका लागि आजसम्मको समयसीमा दिएको सन्दर्भमा आजै सहमति जुटाउने विषयमा कुराकानी भएको हो ।
पछिल्ला दिनहरुमा राजनीतिक दलहरुबीच सहमतिको वातावरण बन्दै गएको र प्रमुख दलका शीर्ष नेताहरुको अनौपचारिक छलफलले विश्वासको वातावरण बनाएको टिप्पणी भइरहेको बेला पछिल्लो छलफल भएको हो ।
छलफलमा राष्ट्रिय सहमतिको सरकार, निर्वाचनका लागि आवश्यक पर्ने ऐन कानुनको व्यवस्था, विघटित संविधानसभाले पारित गरेका विषयहरुको स्वामित्व ग्रहण, संवैधानिक निकायहरुमा नियुक्ति, सत्य निरुपण आयोगको गठनलगायतका विषय नै केन्द्रित रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३१ बर्षे राजनीतिक इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारीहरु पनि महाधिवेशनको निर्वाचन प्रक्रियाबाट चुन्ने

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

आजको प्रमुख समाचार