बेनजीर भुट्टोको हत्याबारे खुलासा गरिने पाकिस्तानी गृहमन्त्रीको दाबी

२ पुष २०६९, सोमबार १५:१२ मा प्रकाशित

काठमाडौं, २ पुस । भारत भ्रमणबाट स्वदेश फर्कने क्रममा पाकिस्तानका गृहमन्त्री रहमान मलिकले यसै महिनाभित्र पाकिस्तानी सरकारले बेनजीर भुट्टोको हत्याकाण्डसम्बन्धी महत्वपूर्ण रिपोर्ट जारी गर्ने बयान दिएर सनसनी मच्चाएका छन् । यसै महिना २७ डिसेम्बरमा पूर्व पाकिस्तानी प्रधानमन्त्री बेनजीर भुट्टोको हत्या भएको पाँच वर्ष पूरा हुँदैछ भने अहिलेसम्म उनको हत्यामा कसको संलग्नता रहेको हो भन्नेबारे कुनै आधिकारिक सुराग मिल्न सकेको छैन । सत्ताधारी पाकिस्तान पिपुल्स पार्टीका गृहमन्त्रीले भारत भ्रमणकै क्रममा दिएको बेनजीरको हत्यामा कुन तत्वको हात थियो भनेर रिपोर्ट जारी गर्ने अभिव्यक्तिलाई निकै महत्वका साथ हेरिएको छ ।
रहमानले भनेका छन्, ‘हाम्रो सरकार तथा जाँच एजेन्सीहरुले पहिलेदेखि नै बताइरहेका छन् कि चुनावको ठिक पहिले भएको उनको हत्यामा क–कसको हात छ, उक्त हत्याको पछाडि जुन प्रमुख तत्वको भूमिका छ, यसबारे जान्नका लागि सिङ्गो दुनियाँमै अत्यन्त कौतुहल छ, मलाई आशा छ सार्वजनिक हुन लागेको प्रतिवेदनले त्यस्ता सबै जिज्ञासाहरुलाई शान्त गरिदिनेछ र मिहीन तथ्यहरु ज्नताका सामु उजागर गरिदिनेछ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

न्यु योर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अफ्रिकी महादेशसँग कोभिड–१९ को महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायले

लस एञ्जलस । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका

काठमाडौँ ।२०१९ को मध्यतिरदेखि देखा परेको कोरोना भाइरसले अझै पनि विश्वलाई आक्रान्त पारिरहेको छ । समयसँगै परिवर्तन भइरहने यो भाइरसको

विभिन्न देशमा पक्राउ परेका ६०० ताइवानीलाई चीनमा पठाइएको एउटा मानवअधिकारवादी समूहले जनाएको छ । मानवअधिकारवादी समूह सेफगार्ड डिफेन्डर्सले एउटा अध्ययन