साँझसम्म सहमतिका बुँदा बोकेर राष्ट्रपतिकहाँ पुग्ने कसरतमा प्रमुख दलहरु

२ पुष २०६९, सोमबार १४:३० मा प्रकाशित

काठमाडौं, २ पुस । सहमतिका लागि दिइएको चौथो म्याद आज गुज्रँदैछ, तर राजनीतिक दलहरुचाहिँ साँझ मात्र बैठक बस्ने निचोडमा पुगेका छन् ।  भरसक दिनभरमा सहमति जुटाउने र साँझको बैठकले त्यसलाई अनुमोदन गरेर राष्ट्रपतिकहाँ लिएर जाने उनीहरुको सोच रहेको बुझिएको छ ।
राससले जनाएअनुसार आज बिहान एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो। एमाओवादीका अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा आज साँझसम्म राजनीतिक दलहरुबीच सहमति जुटाउने विषयमा कुराकानी भएको दाबी गरिएकोछ। छलफलमा राजनीतिक सङ्कटको समाधानका लागि आजै साँझ प्रमुख दलहरुको बैठक बस्ने र सोही बैठकबाट सहमति कायम गरिने विषयमा कुराकानी भएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

पछिल्ला दिनहरुमा राजनीतिक दलहरुबीच सहमतिको वातावरण बन्दै गएको र प्रमुख दलका शीर्ष नेताहरुको अनौपचारिक छलफलले विश्वासको वातावरण बनाएको टिप्पणी भइरहेको बेला पछिल्लो छलफल भएको हो।
छलफलमा राष्ट्रिय सहमतिको सरकार, निर्वाचनका लागि आवश्यक पर्ने ऐन कानुनको व्यवस्था, विघटित संविधानसभाले पारित गरेका विषयहरुको स्वामित्व ग्रहण, संवैधानिक निकायहरुमा नियुक्ति, सत्य निरुपण आयोगको गठनलगायतका विषय नै केन्द्रित रहेको बताइएको छ।
छलफलमा आज दलहरुबीच भएको सहमतिलाई लिपिबद्ध गर्न सकिएन भने के गर्ने र राष्ट्रपतिलाई पुनः समय थप्न लगाउने वा अरु कुनै उपाय खोज्ने भन्ने विषयमा पनि कुराकानी भएको बुझिइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट