स्वर्गीय तामाङको सम्झनामा भर्जिनियामा श्रद्धान्जली कार्यक्रम आयोजना

२ पुष २०६९, सोमबार १०:५५ मा प्रकाशित

भर्जिनिया । जन सम्पर्क समिति भर्जिनियामा च्याप्टरको आयोजनामा स्वर्गीय भिम बहादुर तामाङको सम्झनामा श्रद्धान्जली कार्यक्रम सम्पन्न भएको छ । प्रजातान्त्रिक सेनानी नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य स्वर्गीय भिम बहादुर तामाङको १३ औं पुण्य तिथीको अवसरमा भर्जिनियामा आइतबार १६ डिसेम्बरको दिन पारेर नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति भर्जिनियाले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व ग्रहण गर्दै समितिका सभापति केशव बरालले स्वर्गीय नेताको जीवनमाथि प्रकाश पारेका थिए भने नेपाली काँग्रेस महासमिति सदश्य किरण लामाले स्वर्गीय तामाङले अवलम्बन गरेको जीवन पद्दति र प्रजातान्त्रिक समाजवाद बारे स्पष्ट पार्नु भएको थियो । कार्यक्रमको शुभारम्भ स्वर्गीय नेता तामाङको सम्झनामा १ मिनेटको मौन धारणबाट भएको थियो । नेपाली जनसम्पर्क समिति भर्जिनियाका पदाधिकारी, नेपाली काँग्रेससँग आबद्ध महानुभाव तथा भर्जिनियामा स्थापित विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वर्गीय नेताको तस्वीरमा माल्यार्पण गर्दै उहाँप्रति श्रद्धा सुमन प्रकट गरिएको थियो । डिसीस्थित नेपाली दुताबाशका प्रतिनिधि अर्जुन मैनाली र सहभागी प्रतिनिधीहरुले आ-आफ्नो तर्फबाट श्रद्धा सुमन प्रकट गर्दै शोक मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार