चार दलले गराउने चुनाव सफल हुन दिइन्न : माओवादी प्रवक्ता

२ पुष २०६९, सोमबार ०९:५२ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २ पुस । नेकपा माओवादीका प्रवक्ता फम्फा भुसालले चर दलको निर्णयमा निर्माण हुने सरकारलाई आफ्नो पार्टीले नमान्ने बताउनुभएको छ । नेकपा माओवादी पाल्पाको प्रथम जिल्ला अधिवेशनको तानसेनमा उदघाटन गर्दे पार्टी प्रवक्ता भुसालले नेपालका सबै पार्टीहरुको सबै पक्षिय छलफलबाट चुनिएको पक्षलाई मात्र आफ्नो पार्टीले मान्यता दिने अन्यथा चारदलीय प्रकृयाबाट आएको शासन सत्ता आफूहरुको लागि कुनै हालतमा स्विकार्य नहुने बताउनु भयो ।
आफुहरुले पटक पटक राष्ट्रपतिलाई सर्वपक्षिय छलफलबाट सरकारको नेतृत्व परिवर्तन गर्न सुझाव दिएको तर राष्ट्रपतिले पनि आफुखुशी चारदलिय सेण्डीकेटलाई मान्यता दिई सरकारको नेतृत्व परिवर्तनको लागि खेलेको भुमिकासमेत गलत भएको आरोपा भुसालले लगाउनुभयो । चारदलिय सेण्डीकेटबाट आएको सरकारले आगामी वैशाखमा चुनाव गराउने प्रयास गरेमा आफुहरुले कुनै हालतमा सफल हुन नदिने बताउँदै नेतृ भुसालले आफुहरु चुनावबिरुद्ध आन्दोलनमा उत्रिने उदघोष गर्नुभयो ।
दिल्लीमा गरिएका हरेक सहमति र सम्झौताले नेपाली जनतालाई धोका दिएको बताउँदै १२ बुँदे सहमतिले पनि आगोमा होमिएका जनतामाथि पानी छर्केर शान्त मात्र पार्ने गरेको तर जनताको अधिकारलाई पुर्ण रुपमा निषेध गरी संविधानसभालाई नै विघटन गराईदिएको आरोप लगाउनुभयो ।
यो संविधानसभा भारतको निर्देशनमा डा. बाबुराम भट्टराईले विघटन गराएको, सहयोगिको रुपमा कांग्रेस, एमाले र मधेधी मोर्चाले काम गरेको उहाँले दाबी गर्नुभयो ।  ईतिहासमा सबैभन्दा भष्ट्र, जनताविरोधी र राष्ट्रघाति, भारतको गोटी भएर डा. भट्टराईले काम गरेको कारण पटक पटक सच्चिन आग्रह गर्दा झन झन भारतको पिछलग्गु भएकोले वाध्य भएर पार्टी अलग हुन पुगेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार