भजनकिर्तन गर्दै एड्स बिरुद्ध सचेतना

२ पुष २०६९, सोमबार ०९:४८ मा प्रकाशित

रुपन्देही, २ पुस । भजनकिर्तन गर्दै एचआईभी/एड्स रोकथामका लागि सचेतना जगाउन मधेशी महिलाहरु अग्रसर बनेका छन् । एचआईभी/एड्सका बारे समाजमा बोल्न पनि डराउने उनीहरु संक्रमणबिरुद्ध सचेतना गर्दै अगाडी आएका छन् । भाषण प्रबचन भन्दा गीतसंगीतका माध्यम प्रभाबकारी हुने हुँदा धर्मपनिया गाबिसका महिलाहरु भर्जनकिर्तन गरि सचेतना गर्दै हिँडेका छन् । गाउँका सबै महिलाहरु मिलेर नेपाली भाषा भन्दा अबधी र थारु भाषामा संक्रमणबिरुद्ध सन्देश दिईरहेका छन् । गाउँमा दिनानुदिन संक्रमितहरु बढिरहेका कारण भजनकिर्तन गरि सचेतना गरिएको अगुवा चन्द्रशेखर यादवले बताए । भजनलाई मिठो बनाउन ढोल, डफला, हरमुनियम र झाँझ बजाईएको थियो । भजनमा एचआईभी/एड्स के हो, कसरी सर्छ, यसबाट कसरी सतर्कता अपनाउने र बच्ने उपायबारे जानकारी दिईएको थियो । पर्चा पम्पलेट कसैले पढदैनन्, त्यही भएर नयाँ उपाय अपनाएर सचेतना गरिएको गाउँ एड्स समन्वय समितिका सदस्य रामकृष्ण चौधरीले बताए । भजनबाट सचेतनासंगै मनोरञ्जन पनि हुने भएपछि गाउँलेहरुले सुन्ने गर्दछन । हरेक गाउँमा गएर गाउँलेलाई जुटाई भर्जन गर्ने गरेको उनले बताए ।
असुरक्षित यौन सम्पर्क र सीमा क्षेत्रबाट भारतमा रोजगारीका लागि आउने जाने कारणले धेरै संक्रमितहरु बढीरहेका छन् । जिल्लामा २८ बालबालिका सहित ५सय ४ एचआईभी÷एड्स संक्रमित रहेको जिल्ला एड्स समन्बय समितिले जनाएको छ । यहाँ एड्सबाटै ८२ जनाको मृत्यु भईसकेको छ ।
चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार