आज दिनभरमै दलहरु सहमतिमा पुग्नेमा राष्ट्रपति विश्वस्त

२ पुष २०६९, सोमबार ०८:५८ मा प्रकाशित

काठमाडौं, २ पुस । राष्ट्रियसहमतीय सरकार गठनमा एमाओवादी र नेपाली कांग्रेस सहमतिनजिक पुगेको सम्वद्ध नेताहरुले जनाएका छन् । राष्ट्रपति रामवरण यादवले तेस्रोपटक थप गर्नुभएको पाँच दिनको अवधि आज समाप्त हुँदै गर्दा दलहरु सहमतिको नजिक पुगेको खबर सार्वजनिक हुनु सुखद विषय नै हो । दुबै दलका नेताहरुको अनौपचारिक छलफलमा उठेका मुद्दाहरुलाई सहमतीय स्वरुप दिन आज मुख्य तीन दलको बैठक डाक्ने तयारी समेत भएको छ । कांग्रेस र एमाओवादी सहमतिनजिक पुगे पनि नेकपा एमालेले भने छलफलमा आफूलाई सहभागी नगराएकोमा असन्तुष्टि जनाएको बुझिएको छ । संविधानसभामा भएका सहमतिको स्वामित्व ग्रहण हुनुपर्ने माओवादीको अडान र वर्तमान सरकारको राजीनामालाई पहिलो शर्त बनाएका प्रमुख विपक्षी दलहरुको मागका बीच नेताहरुले मध्यमार्गी निकास खोजेका हुन् । सहमतिलाई मन्त्रीपरिषदले अनुमोदन गर्ने र राष्ट्रपतिबाट प्रमाणिकरण गराउने दलहरुको तयारी रहेको बुझिन्छ ।
आगामी बैशाखमा संविधानसभाको निर्वाचन गर्ने, संविधानसभामा हुने सदस्य संख्या, निर्वाचनका लागि संवैधानिक अडचन फुकाउने, रिक्त संवैधानिक निकायमा नियुक्तिका लागि बाधा–अडकाउ फुकाउने लगायतका विषयमा दलहरु सहमति नजिक पुगेका हुन् । यस्तै संविधानसभामा यसअघि भएका सहमतिलाई लिपीवद्ध गरी संविधानलेखनका लागि आधार बनाउनेमा प्रतिपक्षी दलहरु राजी भएको श्रोतको भनाई छ । दलीय सहमतिलाई मन्त्रीपरिषदबाट अनुमोदन गरिएसँगै कांग्रेस र एमालेलाई समेत वर्तमान सरकारमा सहभागी हुन एमाओवादीले आग्रह गरेको छ ।
संविधानसभा निर्वाचनका लागि क्षेत्र निर्धारण गर्ने सम्बन्धमा एमाओवादी अध्यक्ष प्रचण्डले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारसँग पनि छलफल गरेका छन् । मधेसवादी दलहरुले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने माग राख्दै आएका छन् ।
यसैबीच समय–सीमाको अन्तिम दिन आज दिनभरमा सहमति जुट्ने आशंका पनि कायम नै रहेकोले तीन दिनसम्मको म्याद थप्ने तयारीमा राष्ट्रपति कार्यालय रहेको बुझिएको छ । राष्ट्रपतिसँगको पछिल्लो भेटमा दलका नेताहरुले नै सहमतिको प्रयास जारी रहेको भन्दै केही समय थपिदिन राष्ट्रपतिसँग आग्रह गरेका थिए । यद्यपि, तोकिएकै समयभित्र दलहरु सहमतिमा पुग्नेमा राष्ट्रपति विश्वस्त रहेको दाबी उनका सल्लाहकार राजेन्द्र दाहालले गरेका छन् । दलहरुले सोमबार नै सहमति कायम गर्ने आशामा छु भनेर राष्ट्रपतिले भन्नुभएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार