दोस्रो पश्चिमान्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

१ पुष २०६९, आईतवार १९:४२ मा प्रकाशित

रुपन्देही, १ पुस । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा आइतबारदेखि बुटवलमा दोस्रो पश्चिमान्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा पश्चिमान्चलका १६ जिल्लाका साथै चितवन र मकवानपुरबाट समेत गरी एक सय १५ टिमका २ सय बढी खेलाडीले भाग लिएका छन् । प्रतियोगिता अन्तर्गत मेन्स डबल, मेन्स सिंगल र भेट्रान्स समुहमा खेल खेलाइएको छ । करिब १० लाख रुपैयां खर्च हुने प्रतियोगिताको मेन्स डबलतर्फ विजेताहरुलाइ ३० हजार र उपविजेतालाई २० हजार,,मेन्स सिंगलतर्फ विजेतालाई २० र उपविजेतालाई १० हजार तथा भेटान्स तर्फ विजेतालाई ३० र उपविजेतालाई २० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ । आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार

काठमाडौं।सुरुवाती तीनै खेलमा पराजित भएपछि शीर्ष डिभिजनको लिगमा अहिले विभागीय एपीएफ फुटबल क्लब रेलिगेसन जोनमा छ । लगातारको हारसँगै एपीएफ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा

काठमाडौं । नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धा

आजको प्रमुख समाचार