नक्कली चाबी प्रयोग गरी चोरी गर्ने पक्राउ

१ पुष २०६९, आईतवार १९:२८ मा प्रकाशित

काठमाडौं, १ पुस । चोरी गरी फरार रहेका काभ्रे कुशादेवी घर भई काठमाडौं किर्तिपुर–७ बस्ने लोकनाथ सापकोटा र धनकुटा सानेनिवासी २६ बर्षीया रेश्मा राईलाई प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको छ । गत मंसिर २७ गते काठमाडौँ लाजिम्पाटका राजेन्द्र घिरैयाको घरबाट सुनचाँदी, हिराका गहना, घडी एवं नगद गरी अंदाजी ६० लाख रुपैया वरावरको धनमाल चोरी भएको थियो ।
उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको सादा पोशकको प्रहरी टोलीले मकवानपुरको चाखेल भ्mयाईडाँडाबाट पक्राउ गरेको हो । निजहरुले पूर्वयोजना बमोजिम तीनवटा डुप्लिकेट साँचो बनाई घरमालिक बाहिर गएको अवस्थामा चोरी गरी लगेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन

आजको प्रमुख समाचार