नेपाली सेनाले बनाएको सडक प्रधानमन्त्रीबाट उदघाटन

१ पुष २०६९, आईतवार १९:१६ मा प्रकाशित

काठमाडौं, १ पुस । नेपाली सेनाद्वारा बनाईंदै गरेको नाग्मा-गमगढी सडक (कर्णाली राजमार्ग)को आज उदघाटन भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले आइतबार एक समारोहकाबीच सार्वजनिक यातायातको शुभारम्भ गर्नुभयो । कालीकोट जिल्लाको नाग्मागाडबाट जुम्ला जिल्ला हुँदै मुगुको गमगढीसम्मकोे ९३ किलोमिटर सडक निर्माण कार्य नेपाली सेनाले आर्थिक वर्ष ०६४÷६५ चैतबाट सुरु गरेको थियो ।
यस सडक आयोजना कालिकोट जिल्लाको करिव १३ हजार फिट उचाईमा पर्ने घुच्चीको लेकलाई छलेर १ लाख १५ हजार फिट उचाईबाट ताल्चा विमानस्थल हुँदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पुग्दछ । यस आयोजनाको कुल लागत १ अर्व ५८ करोड रहेकोमा सेनाबाट हालसम्म ५४ करोड रकम खर्च भएको बताइएको छ ।
यस राजर्मागले नेपाली भाषाको उद्गमस्थल, ऐतिहासिक सिंजा उपत्यका र रारा तालजस्तो पर्यटकीय महत्व बोकेको क्षेत्र तथा मुगु जिल्लाको सदरमुकाम गमगढीलाई राष्ट्रको यातायात संजालमा जोड्ने काम गर्दछ । निर्माण सम्पन्न भएपश्चात नेपालकै अति दुर्गम तथा मानव विकासमा पछाडि परेको मुगु जिल्लाका बासिन्दाले गाँस, बास, स्वास्थ्य र शिक्षाको सुलभता र विकासको अनुभव गर्न पाउने छन् भने मुगु जिल्लाका साथै हुम्ला, जुम्ला र डोल्पा जिल्लामा उत्पादित विभिन्न कृषि तथा निकासीजन्य बनपैदावार बस्तुहरुले पनि सुगम रुपमा बजारसम्म पुग्ने मौका पाई आयआर्जनमा टेवा पुग्ने दाबी गरिएको छ ।
उद्घाटन कार्यक्रममा अर्थमन्त्री वर्षमान पुन, भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्री हृदयेश त्रिपाठी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, प्रधानसेनापति महारथी गौरव शम्शेर जबरालगायत मध्यपश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक र स्थानिय जनसमुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

आजको प्रमुख समाचार