तातोपानी भन्सारबाट तीन किलो सुन बरामद

१ पुष २०६९, आईतवार १९:०१ मा प्रकाशित

सिन्धुपाल्चोक, १ पुस । तातोपानी भन्सारस्थित पैठारीगेटबाट एपीएफ टोलीले करिब तीन किलो सुन बरामद गरेको छ । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा बेस तातोपानीबाट खटिएको एपीएफ टोलीले उक्त सुन बरामद गरेको हो ।
वेसबाट सशस्त्र प्रहरी हवल्दार बालकृष्ण देवकोटाको कमाण्डमा खटिएको एपीएफ टोलीले सो गेटनजिकै आइतबार विहान एउटा रुमालको पोकाभित्र उल्लेखित परिमाणको सुन फेलापारेको एपएिफले जनाएको छ ।
यसअघि गा मंसिर २७ गते चीनतर्फ लैजान लागेको १३ लाख रुपैयाँभन्दा बढीको १७ तोला सुन र एक सय ५२ तोला चाँदीसहित स्थानीय एक व्यक्तिलाई सोही जिल्लाको तातोपानी भन्सार गेटबाट एपीएफ टोलीले नै पक्राउ गरेको थियो ।
यसैगरी सशस्त्र प्रहरी बल सुरक्षा वेस पोखरियाबाट खटिएको एपीएफ टोलीले पौष १ गते पर्सा जिल्लाको सुगौली पटेरवा–३ स्थित फरदवा भन्ने स्थानबाट करीव ५० केजी चरेशको पाउडर तथा ११ वटा बोरामा रहेको करीव दुई सय ५० केजी गाँजा बरामद गरेको छ । त्यसठाउँमा रहेको परालको थुप्रोभित्र लुकाई राखेको अवस्थामा फेला परेको चरेशको पाउडर तथा गाँजा सो वेसबाट सशस्त्र प्रहरी निरीक्षक देवराज राईको कमाण्डमा गस्तीमा खटिएको एपीएफ टोलीले बरामद गरेको बताइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो

आजको प्रमुख समाचार