नेताहरुले सही नेतृत्व दिन सकेनन् : थापा

१ पुष २०६९, आईतवार १८:४० मा प्रकाशित

धनगढी, १ पुस । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले  प्रमुख राजनीतिक दलहरू देशलाई नेतृत्व दिन असफल भएको आरोप लगाएका छन् । उनले दलका नेताहरु आफ्नो स्वर्थको पछि लागेकाले मुलुकलाई निकास दिन नसकेको आरोप लगाएका हुन् ।
आज धनगढीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले वैशाखमा निर्वाचन सम्भव तुल्याउन सबै दल एकजुट भएर अघि बढ्नुपर्ने र राजनीतिक सहमतिले नै विद्यमान समस्याको समाधान गर्नु पर्ने बताए । उनले सहमतीय सरकारका लागि राष्ट्रपतिले दिएको अन्तिम समयसीमाभित्र राष्ट्रिय सरकार बन्ने सम्भावना रहेको पनि बताए । उनले राष्ट्रपतिले दिएको अन्तिम समयसीमामा एमाओवादी लचिलो बन्दै गएकाले राष्ट्रिय सरकार गठनको सम्भावना बढेको बताए।
उनले गणतन्त्र र राजतन्त्रबीचको मध्यमार्गी बाटो खोज्ने प्रयास भए पनि त्यो सम्भव नभएका कारण अब आफ्नो पार्टी स्पष्टरूपमा गणतन्त्रको पक्षमा उभिएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार