पूर्वसभासदहरुको माग तत्काल चुनाव गराउ

१ पुष २०६९, आईतवार १८:१२ मा प्रकाशित

काठमाडौं, १ पुस । पूर्वसभासदहरुले आलटाल, ढिलासुस्ती नगरी तत्काल संविधानसभाको निर्वाचन गराउन सरकार र राजनीतिक दलसंग माग गरेका छन् ।
पूर्वसांसद मञ्चले निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार गठन, निर्वाचन ऐन तर्जुमा र कानुन संशोधन, संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति तथा निर्वाचनको मिति तोक्ने प्रयोजनको लागि अध्यादेश जारी गरेर जाँदा उपयुक्त हुने सुझाव दिएको छ ।
संविधानका संरक्षक र देशवासीको अभिभावकका हैसियतले  राष्ट्रपतिले दलहरुबीच सहमति बनाउन गर्नुभएको प्रयाशको सम्मान गर्दै मञ्चले अब पनि दलहरु हठ र आरोप प्रत्यारोपमै केन्द्रित रहे परिस्थिति जटिल र भयावह बन्न सक्ने तर्फ सचेत गराएको छ ।
वर्तमान राजनीतिक गतिरोध फुकाउने सन्दर्भमा मञ्चले आज सार्वजनिक गरेको एक लिखित धारणामा सार्वभौम जनताको अभिमतले दोस्रो पटक गठन हुने संविधानसभाको अधिकार र स्वतन्त्रतालाई सीमित गर्ने वा बाधा पुग्ने गरी कसैबाट पनि सर्त र बन्देज राख्न नहुने उल्लिखित छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार