लुट र चपली हाईटले बर्बाद पार्यो

१२ चैत्र २०६८, आईतवार १५:४३ मा प्रकाशित


काठमाडौ । ‘लुट’ र ‘चपली हाइट’ को ब्यवसायीक सफलता पनि कलिउडका महानायक राजेश हमालले आफ्नो फिल्म निर्देशन गर्ने योजनालाई स्थगित गरेका छन् ।
दुई फिल्मको सफलतापछि धेरै निर्देशक र निर्माताले आफ्नो निर्धारित सुटिङ सेड्युल बदले । धेरैले स्क्रिप्ट पुनर्लेखन गर्ने मनस्थिती बनाए । कतिपय यस्तै सिनेमा बनाउने मुडमा छन् । निर्माता र निर्देशक मात्र हैनन्, महानायक राजेश हमाल समेत यस्तो चपेटामा परेका छन् । ‘लुट’ र ‘चपली हाइट’ चलेपछि हमालले वर्ष २०१२ भित्र सिनेमा निर्देशन गर्ने आफ्नो पूर्वयोजना स्थगित गरेका छन् । उनका सहयोगीले हमालले केही वर्ष सिनेमा निर्देशनलाई स्थगित गरेको खुलासा गरेका छन् ।

हमालले वर्षको प्रारम्भमा सिनेमा निर्देशन गर्ने बताएका थिए । उनका सहयोगीले हमाल ‘लुट’ र ‘चपली हाइट’बाट प्रभावित छन् र किन सिनेमा चले भनेर जान्न चाहन्छन् भनेर जानकारी दिएका छन् ।
हमालले दर्शकीय मनोविज्ञानमा आएको परिवर्तनलाई अध्ययन गर्न चाहेको बुझिएको छ । उनका एस्थेटिक अडिएन्स सिंगल थिएटरका हुन् । मल्टिप्लेक्स दर्शकलाई पनि सिनेमा बनाउनुपर्ने भएकाले उनले स्क्रिप्ट पुनर्लेखन गर्न निर्देशन पोस्टपोन्ड गरेको पनि चर्चा छ । हमालले होम प्रोडक्सनका लागि स्क्रिप्त लेखन सुरु गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी