शीर्ष नेताहरु विदेशीको इसारामा चलेकाले समस्या देखियो : गुरुङ

१ पुष २०६९, आईतवार १६:३० मा प्रकाशित

प्यूठान, १ पुस । नेकपा–माओवादीका सचिव देव गुरुङले शीर्ष नेताहरु विदेशी इसारामा चलेकाले मुलुकले निकास नपाएको बताएका छन ।
नेकपा–माओवादी प्यूठानको दोश्रो जिल्ला भेलालाई आज बिजुवारमा सम्बोधन गर्दै गुरुङले भने, ‘बाह्र बुँदे सम्झौतादेखि आफू अनुकुल हुने गरेर भारतले सरकार संचालन गर्दै आएको छ ।’
उनले भारतीय शासकहरुसँग सम्झौता गरेर चारदलबीच हुन लागेको सम्झौताले निकास दिन नसक्ने पनि जिकीर गरे । भारत यसै सरकारलाई प्रयोग गरेर बैशाखमा चुनाव गराउने चलखेल गरिरहेको उनले आरोप लगाए ।
गुरुङले एका तर्फ भारत सरकारले प्रचण्ड बाबुरामलाई प्रयोग गरेर हालसम्म हुन नसकेका सन्धी सम्झौताहरु पूरा गर्ने र अर्को तर्फ भारत सरकारको इसारामा सत्ता संचालन गरेर प्रचण्ड र बाबुरामले भ्रष्टाचार गरेर विश्व रेकर्ड कायम गर्न लागेको बताए । पोखरामा विमानस्थलको माग गर्दै भएको आन्दोलन प्रचण्डले चलाएको उनले आरोप लगाए ।
१२ अर्ब कमिसनका लागि प्रचण्डले आन्दोलन गराएको उनले खुलासा गरे । चीन सरकारको १५ अर्बको सहयोगमा हुन लागेको विमानस्थल कमिसनका कारण २७ अर्बमा टेण्डर खुलाउन प्रचण्ड लागी परेको  उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

आजको प्रमुख समाचार