एमाओवादीको सर्त मान्ने पक्षमा देउवा

१ पुष २०६९, आईतवार १२:५६ मा प्रकाशित

काठमाडौ, १ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले धोका नहुने हो भने एकीकृत नेकपा माओवादीले अघिसारेको सर्त मान्दा पनि फरक नपर्ने बताएका छन् । राजधानीमा आइतबार आयोजित अभियानअन्र्तगतको विशेष साक्षात्कारमाउनले भने– ‘कांग्रेसलाई धोका हुँदैन भने एमाओवादीको सर्त मान्दा पनि हुन्छ, केही फरक पर्दैन । सधै अविश्वास गरेर मात्रै पनि काम चल्दैन।’एमाओवादी नेतृत्वको सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने र संविधानका बाधा अडकाउ फुकाएर नेपाली कांग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माण गर्ने भनि पछिल्लो समयमा अगाडि सारेको सर्तको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा देउवाले त्यस्तो धारणा राखेका हुन् ।
देउवाले एमाओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रपतिले दिएको समयभित्रै सहमति बन्छ भनेर भनेको कुरामा समेत आशंका र अविश्वास नर्गन सुझाव दिए । उनले थपे– ‘सहमति गर्ने हो भने शंका मात्रै गरेर हुँदैन ।’ संविधानका सबै अन्तर्बस्तुमा अहिले सहमति बन्ने भए फेरि पनि संविधानसभा पुनःस्थापना गरेर संविधान जारी गर्न सकिने उल्लेख गर्दै उनले अन्तर्वस्तुमा सहमति हुने भन्ने कुरा असम्भव रहेकोले निर्वाचनमा जानुको विकल्प नहरेको बताए ।
उनले एमाओवादीले भने जस्तो शासकीय स्वरुप माने संविधानसभाको पुनःस्थापना नै गर्नुपर्ने भन्दै देउवाले अहिले शासकीय स्वरुपमा सहमति हुनै नसक्ने स्पष्ट पारे । मुलुकलाई निकास दिने बाटो सहमति बाहेक अरु नभएकोले माओवादीले सर्तमाथि सर्त राख्नु भन्दा पनि सहमतिकोलागी ईमान्दार पहल गर्नु पर्ने देउवाको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार