जाजरकोटमा आठ सय शिक्षक अपुग

१ पुष २०६९, आईतवार १२:५५ मा प्रकाशित

जाजरकोट, १ पुस । जाजरकोटमा झण्डै ८ सय शिक्षक अपुग रहेको एक तथ्यांकले देखाएको छ । विद्यार्थी संख्याको अनुपातमा ७ सय ४८ शिक्षक अपुग रहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांकमा उल्लेख छ ।
जाजरकोटका ४ सय २६ सामुदायिक विद्यालयमा हाल रहेको १ हजार २ सय ७५ जना शिक्षक दरवन्दी विद्यार्थी संख्याको अनुपातमा निकै कम भएको जिल्ला शिक्षा कार्यालय जाजरकोटले जनाएको छ । कक्षा १ देखि १० कक्षासम्म ८३ हजार ७ सय ३८ विद्यार्थी रहेको जाजरकोटका विद्यालयहरुमा ७ सय ४८ दरवन्दी अपुग रहेको जिल्ला शिक्षा अधिकारी गिरमान थापाले बताए ।
शिक्षा नियमावली अनुसार पहाडी क्षेत्रमा एक जना शिक्षक वरावर ४५ विद्यार्थी हुनु पर्ने भएपनि शिक्षक अभावका कारण एक शिक्षकले ६४ विद्यार्थीलाइ पढाउनु पर्ने वाध्यता भएको जिल्ला शिक्षा अधिकारी थापाको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन

आजको प्रमुख समाचार