विद्युत सेवा हुदाँहुदैँ मट्टीतेल बाल्न बाध्य

१२ चैत्र २०६८, आईतवार १५:१७ मा प्रकाशित

बैतडी, १२ चैत । बैतडीको गुजर गाविस वाड नं. ८ सुकाबैनाका स्थानीय बासिन्दाहरु विद्युत सेवा भए पनि  मट्टीतेल बाल्न बाध्य भएका छन् । आफ्नो गाउँमा विद्युत सेवा पुगेपछि खुसी भएका सुकाबैनाका बासीन्दा साँझ ६ बजेदेखी राति एघार बजेसम्म विद्युत आपुर्ती नहुँदा मट्टीतेल बाल्न बाध्य भएका हुन । झण्डै पाचँ वर्ष पहिला २०६४ सालमा विद्युतिकरण भइसकेको भएपनि बेलुकिपख बत्ती एकदमै कम आउने भएकोले आफुहरुलार्इृ समस्या परेको स्थानीय दिपक सिंह भाटले बताउनु भयो । करीब ५० घरपरिवार रहेको उक्त ठाउँका स्थानीयहरुले पटक पटक नेपाल विद्युत प्राधिकरणको साखा कार्यालय पाटनलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ नगरेको भाटको भनाई छ । विद्युत सेवा आपुर्ती नहुँदा बिधार्थिहरु बढी मारमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका तीन जनाको सांसद पद गुमेको छ । उनीहरुलाई प्रदेश सभा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चुनाव गर्ने भएको छ । विहीबार