इन्डोनेसियामा डुंगा समुन्द्रमा डुब्दा १५ जना बेपत्ता

२१ असार २०७९, मंगलवार १३:१५ मा प्रकाशित

जाकर्ता । इन्डोनेसियाको आरफुरा समुन्द्रमा डुंगा डुब्दा कम्तीमा पनि १५ जना मछुवा (माछा मार्ने व्यक्ति) बेपत्ता भएका छन् । डुंगा डुब्दा ती मछुवा बेपत्ता भएका र उनीहरूको खोजी कार्य जारी रहेको इन्डोनेसियाका अधिकारीहरूले जानकारी दिएका छन् ।

 

उनीहरू गएको शनिबारदेखि नै बेपत्ता रहेका र खोजी कार्य जारी रहेको उद्धार टोलीमा खटेका एकजना अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार मंगलबार खराब मौसम तथा हावाहुरीका कारण यहाँको आरफुरा समुन्द्रमा डुंगा पल्टिएको थियो । उक्त डुंगा दुर्घटनापछि यसका रहेका मछुवामध्ये कम्तीमा पनि १५ जना अहिलेसम्म पनि बेपत्ता रहेका छन् ।

उद्धार कार्यमा खटेका अधिकारीहरूले दिएको जानकारी अनुसार उनीहरू आइतबार र सोमबार खोज्दा पनि भेटिएका छैनन् । इन्डोनेसियाको पपुवा प्रान्तमा अवस्थित खोजी तथा उद्धारसम्बन्धी कार्यालयका प्रवक्ता दर्मावान बिदीले दिएको जानकारीअनुसार सो डुंगामा कम्तीमा पनि २५ जना नागरिक रहेका थिए ।

तीमध्ये १० जनाको शनिबार नै सकुसल उद्धार गरिएको थियो भने अरू १५ जना हराइरहेका छन् । उद्धार जारी रहेको तर उनीहरू जीवितै भेटिने सम्भावना भने अब नरहेको अधिकरीहरूले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे