लुभुमा बस दुर्घटनामा परि ९ जनाको मृत्यु, २८ जना घाइते

२१ असार २०७९, मंगलवार १३:११ मा प्रकाशित

रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिकास्थित सादिडाँडाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस लुभु भीरमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलबार बिहान काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका– १ लुभुघाट नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटना परी घाइते भएका २८ जनामध्ये ३ जनालाई कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरि काठमाडौं लगिएको सुनापाती गाउँपालिकाका प्रमुख ठुलोकान्छा तामाङले जानकारी दिए। बाँकी २५ जना घाइतेको गाउँपालिकाको एम्बुलेन्स र सार्वजनिक सवारीबाट उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाइएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस