रामेछाप दुर्घटना अपडेट : २१ घाईतेलाई धुलिखेल अस्पताल ल्याईयो

२१ असार २०७९, मंगलवार १२:०७ मा प्रकाशित

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ । काठमाडौंतर्फ आइरहेको बा ३ ख ८३९६ नं को यात्रु बाहक बस लुभु भीरबाट खसेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार अहिलेसम्म २१ जना घाइतेलाई उपचारका लागि धुखिलेल अस्पताल पठाइएको छ । अन्य घाइतेहरुको उद्धार चलिरहेको छ ।

दुर्घटनमा परी गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भईरहेको छ ।

मानवीय क्षतिको विवरण आउन बाँकी छ । दुर्घटनास्थलमा हेलीकप्टरबाट उद्दार गर्नका लागि मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसंग समन्वय भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस