सहमतिय सरकार निर्माणका लागि दलहरु छलफलमा व्यस्त

१ पुष २०६९, आईतवार १२:३७ मा प्रकाशित

काठमाडौं, १ पुस । सहमतीय सरकार गठनका लागि दलहरुका नेताहरु अनौपचारीक र दुईपक्षीय छलफलमा ब्यस्त भएका छन् ।
राष्ट्रपतिले चौथोपटक दिएको समयसीमा भोलि सकिन लाग्दा आज दिनभर दलहरु छलफलमा व्यस्त रहने भएका हुन् । उनीहरु भोलि नै सहमतिमा पुग्ने गरी आज सबै किसिमका छलफललाई जारी राख्ने एकीकृत माओवादी प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिए । दलहरू आ–आफ्नै अडानमा कायम रहेपछि सहमतिको सरकार गठन गर्ने राष्ट्रपतिको आग्रहले सार्थकता पाउन सकिरहेको छैन । एमाओवादी प्रवक्ता सापकोटाले दलहरुबीच सैद्धान्तिक सहमति भइसकेको तर केही कुरा मिल्न सके भोलि नै सहमति हुने बताए ।
प्रतिपक्षी दलहरूले सहमतीय सरकारको नेतृत्वका लागि नेपाली काङ्ग्रेस सभापति सुशील कोइरालालाई साझा उम्मेद्वारका रूपमा अगाडि सारे पनि एकीकृत नेकपा माओवादीले संविधानसभामा यसअघि भएका सहमतिलगायतका विषयमा प्याकेजमा सहमति हुनुपर्ने अडान राखेपछि कुरो अड्किएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालका लागि पूर्व अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई राष्ट्रपति जो बाइडेनले सहायक विदेशमन्त्रीमा नियुक्त गरेका छन् । टेप्लिजलाई

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

आजको प्रमुख समाचार