सेनाले एसपीपीमा सहभागी हुन मर्यादा बाहिर गएर पत्र लेख्यो : ओली

२० असार २०७९, सोमबार १४:१७ मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आज (सोमबार) को बैठकमा आफ्ना धारणा राख्दै अध्यक्ष ओलीले त्यसबेला तत्कालीन प्रधानसेनापतिले पत्र लेखेको विषयबारे बोलेका हुन् । उनले प्रधानसेनापतिले राजदूतलाई लेखेको पत्रबारे जानकारी समेत नगराएको बताएका छन् ।
तत्कालीन प्रधानसेनापतिबाट काम भएको बताउँदै ओलीले भने, ‘नेपाली सेना यस्तो चर्चामा आउनुपर्ने पात्र होइन । सेनाले सोझै एम्बेसीलाई पत्र लेख्ने कुरा मर्यादा बाहिर हो । त्यतिखेर प्रधानमन्त्रीलाई अवगत गराइएन । त्यसपछि यो विषय चुपचा रह्यो कसैले चर्चा पनि गरेन ।’

उनले ‘इनफ’ भन्दा बढी नै भइसकेपछि यसबारे बोल्न बाध्य भएको पनि बताएका छन् । ‘इनफ इज इनफ अब चै अत्ति नै भयो’, उनले भने, ‘मैले केही कुरा स्पष्ट गर्नुपर्ने भएको छ । सरकारले हल्ला, भ्रम फिँजाउने होइन, मन्त्रीहरुले जथाभावी बोल्दै हिँड्ने होइन, यथार्थ के हो, त्यो ल्याउनुपर्‍यो । एसएसपी कुन समयमा आएको थियो । प्रधानमन्त्रीलाई भन्न चाहन्छु । यस्तो अन्योल जनतालाई दिन पाइदैन राज्यमा बसेकाले झन् गर्नु हुन्न ।’

२०७२ भदौ २४ गते नेपाली सेनाले सेप्टेम्बर १०, २०१५, संविधान जारी हुनुभन्दा १० दिनअगाडि रक्षा मन्त्रालयलाई एसपीपीमा सहभागी भएको बारे पत्राचार गरेको थियो । त्यसपछि २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो । त्यसको ३ दिनपछि २०७२ असोज ३ गते रक्षा मन्त्रालयबाट नेपाली सेनालाई रक्षा मन्त्रालयलाई मनोनित गर्ने गरी एसपीपीमा पत्र लेख्ने निर्णय भएको उनले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस