एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग

२० असार २०७९, सोमबार १३:५९ मा प्रकाशित

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एसपीपीका विषयमा कसले, कहिले पत्राचार गरेको भन्ने स्पष्ट पार्ने गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे ।

विदेशी सेनाको इकाइ नृेपाल रहने गरी हुन लागेको एसपीपीको विषय कुनै दल र कुनै गठबन्धनको कुरा नभएको भन्दै उनले यसबारे सबै सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।

गत ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको थियो । तर, आइतबार (१९ असार)सम्म एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । भारतका

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को