राष्ट्रिय मधेश समाजवादी पार्टीको केन्द्रिय बैठक बीरगञ्जमा

१ पुष २०६९, आईतवार १२:०५ मा प्रकाशित

काठमाडौं, १ पुस । राष्ट्रिय मधेश समाजवादी पार्टीको (रामसपा)को राष्ट्रिय समितिको बैठक आजदेखि बीरगञ्जमा सुरु हुँदैछ । पार्टी स्थापना भएयता राजधानीबाहिर राष्ट्रिय समितिको यो पहिलो बैठक भएको सो पार्टीले जनाएको छ । पार्टी अध्यक्ष शरतसिंह भण्डारीको अध्यक्षतामा हुने बैठकमा वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सांगठनिक अवस्था र कार्यनीतिका बारेमा छलफल हुनुका साथै राष्ट्रिय सहमतिको सरकार गठनका लागि ठूला राजनीतिक दलहरुको भूमिका, राष्ट्रपतिको पहल र साना दलहरुको अपेक्षाका बारेमा समेत धारणा तय गरिने बताइएको छ ।
एकअर्कालाई निषेध गर्ने ठूला राजनीतिक दलहरुको प्रबृत्तिका कारण राष्ट्रिय सहमतिको सरकार बन्न नसकेको ठहरमा पुगेको सो पार्टीले निष्पक्ष चुनावका लागि साना दलको नेतृत्वमा संविधानसभाका लागि चुनावी सरकारको गठन हुनुपर्ने माग गर्दै आएको छ । बीरगञ्जमा हुने बैठकमा पार्टी अध्यक्ष, राष्ट्रिय सदस्यहरु र चार जना आमन्त्रित राष्ट्रिय सदस्यहरुको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल