कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अमेरिकामा

२० असार २०७९, सोमबार १३:१० मा प्रकाशित

काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अमेरिकामा छन् । नर्थ क्यारोलिना गैरआवासीय नेपाली संघको साधारण सभा र ज्ञान सम्मेलनका लागि उनी केही दिनदेखि अमेरिकामा छन् । साधारण सभा उद्घाटन समारोहमा बोल्दै महामन्त्री शर्माले नेपालको हितका लागि दुरगामी ढंगले सोच्नुपर्ने बताएका छन् ।

संसारभर छरिएका नेपालीहरू एक छौं भन्ने भावनाका साथ अगाडि बढ्नुपर्ने महामन्त्री शर्माको भनाइ थियो । नेपालको रूपान्तरणमा एकखालको सन्देश दिनुपर्दछ, एनआरएनएले पनि यसमा भूमिका खेल्नुपर्छ,’ शर्माले भने ।

एनआरएनले नेपालमा गर्ने लगानी स्वागतको विषय भएको उनले बताएका थिए । नेपालको समुन्नतिका लागि तन, मन र धनले पूर्वाग्रहभन्दा माथि उठेर आउने एक दशक काम गरौं,’ एनआरएनएलाई नेपालमा लगानी गर्न आग्रह गर्दै महामन्त्री शर्माले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस