सोमबार सम्ममा निकास निस्कनेमा दाहाल आशावादी

१ पुष २०६९, आईतवार ११:५८ मा प्रकाशित

काठमाडौ, १ पुस । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दलहरूबीच छिट्टै सोमबार सम्म राजनीतिक सहमति हुने आसा ब्यक्त गरेका छन् ।
राष्ट्रपति डा रामवरण यादवसँग आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलपछि अध्यक्ष दाहालले यस्तो बताएका हुन । उनले भने, अब देश राजनीतिक सहमतितिर गयो, भोलि बेलुकासम्म टुङ्गोमा पुगिनेछ ।
राष्ट्र«पति डा यादवले सहमतिको सरकारका लागि पछिल्लो पटक दिनुभएको समयसीमा सकिनु अघिल्लो दिन अध्यक्ष दाहाल र राष्ट्रपतिबीच कुराकानी भएको हो । भेटमा अध्यक्ष दाहालले नेपाली काँग्रेस, नेकपा एमाले, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र अन्य दलहरूसँग भएको छलफलबारे राष्ट्रपति डा यादवलाई जानकारी गराएका थिए । यसअघि आजै बिहान राष्ट्रपति डा यादव र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारबीच राजनीतिक सहमतिका बारे छलफल भएको थियो ।
यसैबीच राष्ट्र«पति डा रामवरण यादवसँग संयुक्त मधेसी मोर्चाका संयोजक एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा वर्तमान राजनीति गतिरोधको निकासबारे भेटवार्ता गरेका छन् ।
सो अवसरमा राष्ट्रपतिले मधेसी मोर्चाको तर्फबाट राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग गर्न आफूलाई आग्रह गर्नुभएको भेटपछि संयोजक गच्छदारले राससलाई जानकारी गराएका छन् । उहाँले एक घन्टा लामो भेटमा मोर्चाको तर्फबाट आफूले सहमति निर्माणका लागि सहज वातावरण बनाउन सक्दो पहल गर्ने आश्वासन दिएको र निर्वाचनलगायत सबै विषयमा प्याकेजमा सहमति खोजिनुपर्ने धारणा राखेको जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार