सडक उद्घाटन गर्न प्रधानमन्त्री मुगुमा

१ पुष २०६९, आईतवार ११:३८ मा प्रकाशित

मुगु, १ पुस । जिल्लाको सदरमुकाम गमगढी देखि जुम्ला नाग्मा सडकखण्ड आज बिहान प्रधानमन्त्री बाबुराम भट्टराईले उदघाटन गरिने जिल्ला विकास समितिले जनाएको छ ।
राष्टिय सडक सञ्जालले नछोएको मुगुमा सडक उदघाटनमा प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गृहमन्त्री विजयकुमार गच्छदार प्रधान सेनापति गौरव शंसेर जवरा लगायत ३६ जनाको टिम आउने भएको छ ।
नेपाली सेना २०६४ साल चैत १२ गते बाट निर्माण कार्य प्रारम्भ गरेको ९४ किलो मिटर गमगढी नाग्मा सडक खण्ड निर्माण कार्य पूरा भएपछि प्रधानमन्त्रीबाट उदघाटन गरिने निमित्त स्थानीय विकास अधिकारी वीरबहादुर रावलले बताए ।
मुगुको रारा बोडिङ्गको मञ्च हुने सडक उदघाटन समारोहमा स्थानीय स्तरबाट विभिन्न साँस्कति झल्किने नाचगान पनि प्रस्तुत गरिने रावलले बताए । सडक उदघाटनमा प्रधानमन्त्री लगायत विभिन्न उच्च तहका भिआइपी आउने भएकोले सुरक्षा स्थिति कढाई बनाइएको प्रजिअ इश्वरराज रेग्मीले जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको