प्रचण्ड भन्छन् : अब देश सहमतिमा गयो ! राजनीतिक अन्योल भने कायमै

१ पुष २०६९, आईतवार ११:२७ मा प्रकाशित

काठमाडौ, १ पुस । प्रधानमन्त्रीका रुपमा डा. बाबुराम भट्टराईलाई स्वीकार गरिरहन पनि नचाहेका तर सत्ता छोड्न पनि नसक्ने मनस्थितिबाट गाइड हुँदै आएका एमाओवादी अध्यक्ष प्रचण्डले मुलुक सहमतितिर गएको अभिव्यक्ति दिएर फेरि एकपटक राजनीतिक तरंग पैदा गरेका छन् । आइतबार राष्ट्रपतिसँग भेट गरेपछि उनको बोलीमा फरकपन आएको विपक्षी नेतहरुले समेत बताएका छन् । उनको चालढालबाट अबचाहिँ बाबुराम भट्टराईलाई कुर्सी छोड्न बाध्य तुल्याउने संकेत मिलेको उनीहरुको कथन छ । आफै प्रधानमन्त्री हुनसक्ने वातावरण नबनेसम्म मुलुकलाई असहमतिकै बन्धक बनाउन उद्यत् बनेको आक्षेप लाग्दै आएका प्रचण्ड आखिर कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन सहमत भएकै हुन् त ? यतिबेला यो प्रश्न सबैको साझा जिज्ञासाका रुपमा खडा भएको छ । उनले भोली सोमबारसम्ममा सहमति बनिसक्ने उद्घोष गरेका छन्, यसलाई विशेष महत्व दिएर राजनीतिक ब्याख्या विश्लेषण र अडकलवाजी गरिने उपक्रम सुरु भएको छ ।
हुनसक्छ, सहमतिको बाटो बिथोल्न एमाओवादी र विशेषगरी प्रचण्ड नै कारक बनिरहेको आरोप सुन्दा सुन्दा उनमा एकप्रकारको बैराग्य नै आएको होस्, जसले प्रचण्डलाई पूर्वसहमति अनुसार कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नेतर्फ अग्रसर हुन बाध्य बनायो, र यो पनि हुन सक्छ कि प्रचण्ड अझै जालझेल र झुठको राजनीति नै गरिरहेका छन् । यी दुई अवस्थामध्ये जेसुकै भए पनि यस साताभित्र नेपालको राजनीतिले केही न केही कोल्टे फेर्ने अनुमान प्रवल बन्दै गएको छ । देश सहमतिको बाटोमा अघि बढ्छ वा मुठभेडमार्फत् दुर्घटनातिर लम्कन्छ भन्ने स्पष्ट हुनचाहिँ अझै केही समय प्रतीक्षा गर्नैपर्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार