नेपालको लगातार दोस्रो जित, रोहितकाे उत्कृष्ट प्रदर्शन

२० असार २०७९, सोमबार ०७:०७ मा प्रकाशित

काठमाडौँ । क्यानाडा भ्रमणमा रहेको नेपालले टि२० अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबमाथि शानदार जित हात पारेको छ । आइतबार राति ओन्टारियोलाई ५५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

जितको लागि २ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याएको ओन्टारियो १९.३ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । ओन्टारियोका लागि बरुण सहदेवले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै, जेड मदमोर ३७ रनमा आउट भए ।

नेपालका सोमपाल कामीले २ विकेट तथा करण केसी, आदिल अन्सारी र किशोर महतोले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गरे । उनी ३१ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे । त्यस्तै, दीपेन्द्रसिंह ऐरी ५४ रनमा आउट भए ।

ओन्टारियोका रेमाण्ड, बरुण, किनान र हसनले १/१ विकेट लिए ।

पहिलो एकदिवसिय अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी