माटोसुहाउँदो संघीयताको पक्षमा कांग्रेस

१ पुष २०६९, आईतवार ११:०७ मा प्रकाशित

छविलाल बगाले, लमजुङ, १ पुस । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले कांग्रेसलाई प्रधानमन्त्री पदको कुनै लोभ नभएको दाबी गरेका छन् । नेपाली कांग्रेस इलाका नं ९ को आयोजनामा नौथर शेरामा शनिबार आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । माओवादीका कारण देश कंगाल बनेको आरोप लगाउँदै भण्डारीले माओवादीले सशस्त्र द्धन्दको समयमा १७ हजार नेपाली जनता मारेको उल्लेख गरे । जनजाति, दलित, निमुखा गरिव जनतालाई मीठो सपना देखाएर माओवादीले जनतालाई धोका दिएको आरोप समेत लगाए । नेता भण्डारीले नेपाली कांग्रेस संघीयताविरोधी नभएको भन्दै आफूहरुले चाहेको संघीयता नेपाली माटोसुहाउँदो हुनुपर्नेमा जोड दिए ।
उनले सहमतीय सरकार गठन नहुनुमा माओवादी जिम्मेवार भएको आरोप लगाए । माओवादीको सत्तालिप्साको कारण देशको राजनीतिक अवस्था बिग्रँदै गएको बताउँदै जातिय संघीयता भएमा आदिवासी जनजातिलाई नै अभिसाप हुने दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

आजको प्रमुख समाचार