पाकिस्तानमा आतंकवादी हमला, ९ को मिर्त्यु, दर्जनौ घाइते

१ पुष २०६९, आईतवार ०७:०३ मा प्रकाशित

एजेन्सी, इस्लामाबाद, १ पुष । पाकिस्तानको पेशावर एयरपोर्टमा आतंकवादीहरुले रकेट आक्रमण गरेका छन । शनिवार राति पाकिस्तानको पेशावर एयरपोर्टमा आतंककारीहरुले गरेको रकेट आक्रमणमा परि ९ को मिर्त्यु भएको छ भने दुइ दर्जन भन्दा बढी घाइते भएका छन । आतंककारीहरुले पेशावर एयरपोर्टमा ३ वटा रकेट बम आक्रमण गरेका थिए । आतंकवादी हमला पछि पाकिस्तानी सुरक्षा निकायले पेशावर एयरपोर्ट नियन्त्रणमा लिएको छ । पेशावर एयरपोर्ट हमलामा संलग्न आतंककारीहरुलाई पक्रन अहिले सम्म पाकिस्तानी सुरक्षा निकाय असफल रहेको छ । पेशावर एयरपोर्टमा भएको आतंकवादी हमला पछि दुवै पक्षबाट लगातार फायरिंग भएको थियो । आतंकवादी हमला पछि पेशावरलाई इमर्जेन्सी क्षेत्र घोषणा गरिएको छ । पेशावर एयरपोर्टमा भएको आतंकवादी हमलाको अहिले सम्म कसैले जिम्मेवारी लिएको छैन । तर यो हमलामा तालिवानको संलग्नता रहेको हुन सक्ने स्रोतहरुको अनुमान रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार