दलहरु सहमति निकट पुगे, सुशील कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार

१ पुष २०६९, आईतवार ००:५९ मा प्रकाशित

काठमाडौं, १ पुष । काँग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरि निर्वाचनमा जान मुख्य राजनीतिक दलहरु सहमत भएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईको सम्मानजनक बहिगर्मन सहित काँग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न एमाओबादि अध्यक्ष प्रचण्ड र मुख्य दलहरु काँग्रेस र एमाले बीच अनौपचारिक सहमति भएको हो । स्रोतका अनुसार मुख्य दलहरुबीच भएको अनौपचारिक सहमति शनिवार अन्य दलहरु बीच पनि छलफलका लागि प्रस्तुत गरिएको थियो । स्रोतले दावी गरेको छ, सोमबार प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा निर्वाचनको तिथि मिति घोषणा, संविधान संशोधन, त्यसलगतै कांग्रेस सभापति सुशिल कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने रहेको छ । स्रोतले दावी गरेको छ, काँग्रेस महामन्त्री कृष्ण सिटौला र एमाले वरिष्ठ नेता माधव कुमार नेपालको पहलमा भएको अनौपचारिक सहमति अनुसार ‘संविधान संशोधन, राष्ट्रिय सहमतिको सरकारको नेतृत्व, संविधानसभाको आकार जस्ता बिषयमा मुख्य दलहरुले एकै पटक सहमति गर्ने छन् । सहमती लगत्तै सोहि दिन मन्त्रिपरिषदको बैठकले अनुमोदन गरी राष्ट्रपति रामवरण यादव समक्ष सहमितको प्रस्ताव लगिनेछ र ‘निर्वाचनको मिति र संविधान संशोधनको कार्य प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले गरे लगत्तै काँग्रेस सभापति सुशिल कोइराला प्रधानमन्त्री नियुक्ती हुने छन । काँग्रेस, एमाओबादी र एमाले बीच भएको यो सहमतिको प्रस्तावमा साझा धारणा बनाउन अन्य दलहरुसंग पनि शनिबार छलफल भएको थियो । स्रोतको दावीमा शनीबार एमाओवादी अध्यक्ष प्रचण्ड र सुशिल कोइरालाबीच यसै बिषयमा छलफल केन्द्रित रहेको थियो । स्रोतका अनुसार आईतबार सम्ममा अनौपचारिक समझदारी कायम गरेर सोमबार सहमतिलाई अन्तिम रुपदिन दलहरुको औपचारिक बैठक डाकिने छ । काँग्रेस महामन्त्री कृष्ण सिटौलाले दिएको जानकारी अनुसार सोमबारनै मुख्य दलको सहमति अनुसार काँग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनेछ भने बाबुराम भट्टराइको सरकारले सहमति अनुरुप अन्तरिम संविधानको बाधा अड्काउ फुकाई निर्वाचनको नयाँ तिथि मिति घोषणा गर्ने छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार