चर्चामा सन्दीपको ट्विट, के भनेका थिए ?

१८ असार २०७९, शनिबार १५:०२ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले शुक्रबार बेलुका गरेको एक ट्विटले सामाजिक सञ्जाल तताएको छ ।

सन्दीपले आफूलाई कसैले समर्थन नगरे पनि ठिक रहेको र एक्लै लड्न तयार रहेको आसयको ट्विट गरेका थिए । ‘शून्य समर्थन ? चिन्ता नलेउ, तिमीले यो युद्ध एक्लै लड्नुपर्छ,’ सन्दीपले लेखेका छन् । नेपाली क्रिकेट टिम हाल विश्वकप क्रिकेट लिग २ अन्तर्गत शृंखलाको तयारीका लागि क्यानडा भ्रमणमा छ ।

नेपालले क्यानडा तीन एकदिवसीय खेल खेल्नेछ  । जसमध्ये दुई नेपालले क्यानडाको राष्ट्रिय टिमसँग र एक त्यहाँको स्थानीय क्लबसँग खेल्ने तय भएको थियो । नेपालले शनिबार क्यानडाको स्थानीय क्लब ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको थियो ।

नेपालले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियोले ४२.५ ओभरमा सबै विकेट गुमाएर एक सय ५१ रन मात्र जोडेको थियो । उनले त्यो ट्विट नेपालले खेल जितिसकेपछि पोस्ट गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार