नक्कली परिक्षार्थीलाई कारवाही नगरी उन्मुक्ति दिइ्र्रने प्रयास

१२ चैत्र २०६८, आईतवार १५:१४ मा प्रकाशित

आछाम, १२ चैत । अछाम जिल्लाको जाल्पादेवि उच्च मावी ढाँकु परिक्षा केन्द्रमा गणित परिक्षा दिईरहेको बेला भेटिएका नक्कली चार जना नककली परिक्षार्थीलाई कारवाही नगरी उन्मुक्ती दिईने प्रयास गरिएको छ । पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र विष्टको नेतृत्वमा बसेको सर्वपक्षिय बैठकले ती चार जना नक्कली परिक्षार्थीलाई कारवाही नगर्ने निर्णय गरेको र केन्द्राध्यक्ष विर बहादुर शाहीलाई पनि कारवाही नर्गन व्यापक दवाव दिईएको केन्द्राध्यक्ष शाहीले बताउनु भयो । चार जना नक्कली परिक्षार्थी भेटिएको समाचार प्रसारण गरेको भन्दै व्यावस्थापन समिति अध्यक्ष बिष्ट नेतृत्वको एक टोलीले स्थानीय पत्रकार जीवन बिष्टमाथि पनि हातपात गरेको पत्रकार बिष्टले बताउनुभयो ।
यसैबीच घटनाको घोर भत्र्सना गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले ति नक्कली परिक्षार्थीलाई शिक्षा नियमावली अनुसार कारवाही गरिनुपर्ने बताएको छ । नक्कली परिक्षार्थीलाई कारवाही नै नगरी छोड्ने प्रयास गर्नु र सत्यतथ्य समाचार लेखेकै भरमा पत्रकारलाई हातपात गरिनु दुखद भएको महासंघ अछाम शाखाका अध्यक्ष बेदप्रकाश तिमिल्सेनाले जानकारी दिनुभयो । घटनाको बारेमा जिल्ला शिक्षा अधिकारी सुरेश कुमार जोशीले यसबारे बुझ्न परिक्षा केन्द्रमा जाने र ततपश्चात यसबारे बुझीसकेपछि कारवाहीको प्रक्रिया अगाडी बढाईने बताउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले

मुगु । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्‍याएको छ ।

काठमाडौँ । मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन

काठमाडौँ ।  देशमा आर्थिक अराजकता बढ्दो छ, जताततै लुटतन्त्र, कमिसनतन्त्र र भ्रष्टाचार व्याप्त छ, सरकारले भ्रष्टाचार र अनियमितता रोक्न नसक्दा सार्वजनिक