काठमाडौँ उपत्यकामा फैलिँदै हैजा, हालसम्म १७ जनामा पुष्टि

१७ असार २०७९, शुक्रबार १२:४८ मा प्रकाशित

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजाको पुष्टि भएको थियो ।

उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, नआत्तिन उनले आग्रह गरेका छन् । हैजाबाट जोगिन खानपानमा ध्यान दिनु नै उत्तम उपाय भएको उनले बताएका छन् ।

त्यसैले उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी पिउन तथा स्वस्थ खानेकुरा मात्रै खान डाक्टरको सुझाव छ । उनले जार तथा बोतलको पानी पनि उमालेर मात्रै पिउन आग्रह गरेका छन् । यस्तै, खुला ठाउँमा दिसापिसाब नगर्न पनि डा. अधिकारीको आग्रह छ ।

सरसफाइ र खानपानमा ध्यान लिए हैजाको रोकथाम गर्न सकिन्छ । यस्तै, हैजा थप फैलिन नदिन पानीका मुहान तथा स्रोतमा नै शुद्धीकरण गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । भारतका

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को