एमालेको बहिष्कारकाबीच राष्ट्रियसभाबाट बजेट आश्रित तीन वटै विधेयक पारित

१७ असार २०७९, शुक्रबार १२:४७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

यी तीन वटै विधेयक असार ६ गते प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले आइतबार तीन वटै विधेयक पारित गरेर प्रतिनिधि सभामै फिर्ता पठाएको छ । राष्ट्रिय सभाले संदेशसहित फिर्ता पठाएको तीन वटै विधेयकलाई प्रतिनिधि सभाले पारित गर्नुपर्ने हुन्छ । विनियोजन विधेयक र बजेट आश्रित तीन वटै विधेयकलाई प्रतिनिधि सभाले पुनः पारित गरेपछि बजेट संघीय संसदबाट पूणर् रुपमा पारित हुनेछ । प्रतिनिधिसभाको बैठक असार २० गते बोलाइएको छ ।

यी चार वटै विधेयक प्रतिनिधि सभाले पुनः पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । यी विधेयकहरु आगामी साउन १ गतेदेखि लागू हुने भएकाले त्यस अगावै राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने हुन्छ । राष्ट्रपतिबाट बजेट र बजेट आश्रित विधेयकहरु प्रमाणीकरण भएपछि मात्रै बजेट खर्च गर्ने बाटो खुल्ने संवैधानिक व्यवस्था छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले राजीनामा माग गर्दै आएको छ । राजीनामा नदिने भए संसदीय छानविन समिति गठनको माग राखेको छ ।

आफूहरुको मागको सुनुवाइ नभएको भन्दै एमालेले बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको हो । शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देशसहितको आर्थिक विधेयकमाथि दफावार छलफलका गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिने वित्तिकै एमालेले उठेर विरोध जनायो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । भारतका

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को