लुम्बिनीको भ्रम चिर्न भारतीय पत्रकारले कलम चलाउने

३० मंसिर २०६९, शनिबार २२:५७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १ पौष । नेपाल भ्रमणमा रहेको प्रेस क्लव मुम्बईका प्रतिनिधी मण्डलले बुद्ध जन्मस्थल लुम्बिनीको बारेमा भारतमा रहेको भ्रम चिर्नका लागि कलम चलाउने प्रतिबद्धता जनाएका छन् । गत सोमबार देखीनेपाल भ्रमणमा आएको उक्त टोलीले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अबलोकन पछि आज पत्रकार महासंघ रुपन्देही द्वारा बुटवलमा आयोजित भेटघाटमा उनिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । भगवान गौतमबुद्धको बारेमा आफूहरुले एकेडेमिक कोर्षमा अध्ययन मात्र गर्न पाएको बताउदै प्रत्यक्ष रुपमा गौतमबुद्ध जन्मस्थलको अवकलोकन पछि आफूहरु निकै हौसिएको बताए । उनिहरुले अबलोकन भ्रमण सकेर भारत फर्केपछि नेपाल र लुम्बिनीको बारेमा सही समाचार सम्पेषण गर्ने उल्लेख गरे । ११ सदस्यिय प्रतिनिधि मण्डलको पे्रस क्लव मुम्बईका उपाध्यक्ष रोहित चन्दरवाकरले नेतृत्व गरेका थिए ।सो अबसरमा बोल्दै पे्रस क्लव मुम्बईका उपाध्यक्ष रोहित चन्दरवाकरले नेपाल प्राकृतिक तथा आर्थिक रुपले सबल रहेको बताए ।उनले संसारको शान्ती क्षेत्र लुम्बिनी भएकाले आफूहरुलाई पनि शान्तिको अनुभुत भएको बताए नेपालका संचारसंस्थाहरु निकै बलियो भएकाले समाजमा मिडियाको सहि उपस्थिती हुनुपर्ने उनको भनाई छ । पत्रकार महासंघ रुपन्देहीको आयोजनामा भएको स्वागत कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल संयोजक मोहन चापागाई, केन्द्रीय सदस्य दीपक पाण्डे, रुपन्देही अध्यक्ष दीपक ज्ञवाली,उपाध्यक्ष रामराज पोखरेल,सचिब यानेन्द्र जिसि,बरिष्ठ पत्रकार अर्जुन ज्ञवाली लगायतले बोल्दै भारतमा नेपालीले भोग्नुपर्ने पिडा कम गर्न भारतिय पत्रकारहरुको भूमिका रहनुपर्ने बताएका थिए

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

बागमती । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२

आजको प्रमुख समाचार