अमेरिकी उपसहायक विदेशमन्त्री आयर्स नेपालमा

१२ चैत्र २०६८, आईतवार १५:१२ मा प्रकाशित

काठमाडौ, १२ चैत । दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी उपसहायक विदेशीमन्त्री डा. अलिस्सा आयर्स पाँच दिने भ्रमणका लागि आज नेपाल आइपुग्नु भएको छ । भ्रमणका क्रममा डा. आयर्सले काठमाडौंमा वरिष्ठ सरकारी पदाधिकारी र नागरिक समाजका अगुवाहरुसँग भेट गर्नुहुनेछ । त्यसपछि उहाँ पोखराको भ्रमण गरी विभिन्न व्यावसायिक तथा नागरिक समाजका नेताहरूसँग भेटघाट गर्नुहुनेछ । पोखरास्थित अमेरिकन् कर्नरमा विद्यार्थीहरूसँग युवा सरोकारका विषयमा पनि उहाँले छलफल गर्नुहुनेछ । डा. आयर्सले सन् २०१० अगष्टदेखि दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी उपसहायक विदेशी मन्त्रीका रुपमा आफ्नो कार्यभार सम्हाल्नु भएको हो । उहाँको दुवै सरकारी र निजी क्षेत्रमा दक्षिण तथा मध्य एसियाली विषयहरूको विस्तृत कार्यअनुभव रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न हुने चरणमा छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित