साउदीअरबको दमाममा डेढसय नेपाली कामदारको विचल्ली

३० मंसिर २०६९, शनिबार २२:५१ मा प्रकाशित

विष्णुप्रसाद चापागाई, साउदीअरब, १ पौष । साउदीअरबको दमामशहरमा १५० भन्दा बढी नेपाली कामदारहरू विचल्लीमा परेका छन्। अलदैया स्थित अल-अब्दुल रहमन कन्ट्रयाक्टिङ एण्ड ट्रेडिङ कम्पनिमा कार्यरत १५० भन्दा बढी नेपाली कामदारहरू नौ महिना अघिदेखि विचल्लीमा परेका हुन् । विचल्ली पर्नेमा नेपाल, भारत, फिलिपिन्स लगायत विभिन्न देशका श्रमिकहरूको संख्या २५० बढि रहेको छ । करिब तीनसयको संख्यामा रहेका कामदारहरूमध्ये २५० विचल्लीमा परेपछि बाँकी पचास कामदारहरू पनि जोखिममा परेका छन् ।

बेरोजगार साउदी नागरिकहरूको बृद्धी हुँदै गएपछि साउदी सरकारले निताकत कार्यक्रमलाई हरेक कम्पनीले व्यवहारमा उतार्नु पर्ने निर्देशन गरेको थियो । साउदी सरकारले गत सालको अन्त्यबाट लागू गरेको निताकत कार्यक्रमलाई कम्पनिले शुरूमै ध्यान नदिंदा धेरै नेपाली कामदारहरूले दुःख झेल्नु परेको बताउँदै पीडित मध्ये खगेश्वर तिमिल्सिनाले भन्नुभयो- “निताकत कार्यक्रम अन्गर्गतका केही नियमहरू यस कम्पनीले पूरा गर्न नसकेको हुँदा विचल्ली हुने कामदारहरूको संख्या दिनप्रतिदिन बढिरहेको अवस्था छ ।” उहाँका अनुसार कामदारहरूको इकामाको म्याद नाघिसक्दा पनि नविकरण गर्न नसकेको, जसको कारण इन्स्युरेन्स पनि नभएको, कम्पनिले विगत नौ महिनादेखि तलब पनि नदिएकोले पकेटखर्चको अभावमा टेलिफोन र औषधोपचारमा कठिनाई भएको, करारनामा पूरा भएकाहरूले घरविदा वा एक्जिटको लागि आवेदन दिंदा पनि छ महिनादेखि घर पठाउन नसकेको हुँदा समस्यामाथि समस्या थोपरिएको हो ।

समाधानका लागि कामदारहरूलाई कम्पनी मालिकसम्म आफ्ना समस्या राख्न समेत रोकटोक गरिने र दूतावास या लेबर कोर्ट पुगेमा “तिमीहरूको सुरक्षा तिमीहरू नै गर्नू, कम्पनीको सुरक्षा कम्पनीले गर्छ” भन्दै तर्साउने गरेकोले अन्य विकल्प सोच्न नसकी चार नेपाली कामदाहरू कम्पनी छोडेर भागिसकेका छन् ।

पन्ध्र दिनअघि आफ्नो व्यक्तिगत कामको शिलशिलामा घुम्दैजाँदा गैर आवासीय नेपाली संघ साउदीका सदस्य श्री विष्णुप्रसाद चापागाईंले यो समस्या थाहा पाएपछि पीडित नेपालीहरूको उद्धारका लागि संस्थामा खबर गर्नुभएको थियो । तीन पटकको अथक प्रयासपछि पीडीत नेपालीहरूसँग आजै गैर आवासीय नेपाली संघ साउदी अरबका प्रमुख सल्लाहकार तारा भण्डारी, अध्यक्ष धरम केसी, उपाध्यक्ष पुरूषात्तम श्रेष्ठ र सदस्य विष्णुप्रसाद चापागाईले सामुहिक रूपमा भेटघाट गरी छलफल गर्दा उनीहरूका थप समस्याहरू सार्वजनिक भएका हुन् र यी समस्याहरूको वस्तुस्थिति बुझेर छिटो भन्दा छिटो उद्धारको पहल गर्न संस्थाले नेपाली दूतावास रियादलाई आजै पत्राचार गरिसकेको छ ।

उपरोक्त नेपाली कामदारहरूमध्ये अधिकांशलाइ ब्लुस्काइ इन्टरनेशनलले र केहीलाइ शिखर र ह्वाइट होराइजन म्यानपावर कम्पनीहरूले रू. ८३,००० देखि रू. १,१०,००० सम्म असुलेर यस कम्पनीमा पठाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति