वृद्धाश्रम निर्माण र अनाथ बालबालिकाको लागि महायज्ञ

३० मंसिर २०६९, शनिबार २३:०० मा प्रकाशित

रुपन्देही, ३० मंसिर । वृद्धाश्रम निर्माण र अनाथ बालबालिकालाई प्राथमिक तहसम्म निशुल्क आवसीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ रुपन्देहीको छिपागढ ३ मा आगामी सोमबारदेखि श्री रुद्र प्राणप्रतिष्ठा धनधन्याञ्चल महायज्ञ शुरु हुँदैछ ।
भैरहवा भुमही सडक खण्डको छिपागढ ३ सेमरहवामा रहेको शिव मन्दिर बगैँचा कुटीमा ११ दिनसम्म चल्ने उक्त यज्ञमा भैरहवा, बुटवल, खैरेनी लगायत भारतका समेत गरि करिब पाँच लाख भक्तजनले अवलोकन गर्ने र करिब पाँच करोड रुपैयाँ यज्ञबाट संकलन हुने आयोजकले अपेक्षा राखेका छन् ।
निर्माणधिन शिव मन्दिरको पूर्णता र नैतिक मूल्य मान्यता, सामाजिक आचरण एवम वृद्धवृद्धाहरुप्रति सम्मान, बिश्वास र कृतज्ञतामा अभिवृद्धिका लागि यज्ञ आयोजन गर्न लागिएको यज्ञ आयोजकका मञ्च ब्यावस्थापन संयोजक देवेन्द्र पाण्डेले जनाएका छन् । यज्ञ सम्पादनको लागि छ सय एक सदस्यीय मूल आयोजक समिति र बिभिन्न २९ वटा उपसमितिहरु समेत गठन गरिएको छ ।
शिव मन्दिरका पूजारी दिवंगत माधव गिरी (नागा बाबा)को परिकल्पनालाई मूर्त रुप दिन यज्ञ आयोजन गर्न लागेको प्रचारप्रसार सयोजक पशुपति यादवले बताएका छन् । पौष २ गते महायज्ञको उदघाटन मुक्तिनाथ पिठाधिस स्वामी कमल नयनाचार्यले गर्ने जानकारी गराइएको छ ।

चन्द्रकान्त खनाल 

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार