फेसबुक मार्फत रकम जुटाएर गरिब बालबालिकालाइ सहयोग

३० मंसिर २०६९, शनिबार २२:२९ मा प्रकाशित

गुल्मी, ३० मंसिर । गुल्मीको रुरु गाविसस्थित रिडीका एक युवाले फेसवुक पेजमार्फत संकलन गरेको एक लाख १० हजार रुपैंयाँ गरिव वालवालिकाहरुको सहयोगार्थ स्थानीय एक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
“गरिवका लागि निशुल्क शिक्षा” अभियानअन्तर्गत फेसबुक पेज रुरु नेटवर्कका संचालक सुन्दर कशजुले गत तीन महिना अघिदेखि फेसवुक मार्फत संचालन गरेको उक्त रकम शनिबार एक कार्यक्रमका विच स्थानीय रुरु प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष किशोर कुमार श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण गरिएको उक्त रकम विद्यालयको नाममा अक्षय कोष स्थापना गरि वार्षिक रुपमा व्याजमार्फत कोषमा जम्मा भएको रकमले विद्यालयमा अध्यनरत गरिव तथा विपन्न वालिकाहरुलाई निशुल्करुपमा शैक्षीक सामग्री तथा पोशाक र झोला प्रदान गरिने भएको छ ।
सोही अवशरमा विनयकुमार कशजुवाट विद्यालयमा अध्यनरत वालवालिकाहरुलाई ५१ थान वालपुस्तकहरु समेत प्रदान गरियो । गरिवकालागि शिक्षा अभियान अन्तर्गत संचालन गरिएको आर्थिक सहयोग संकलनका लागि रुरु गाविसवाट कामको शिलशिलामा अष्ट्रेलीया, जापान, ईजरायल, क्यानडा,वेल्जीयम लगायत मुलुकहरुमा पुगेका मानिसहरुको योगदान रहेको छ ।
चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा