
काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र पाल्पा, स्याङ्जामा चल्ने गाडी चल्न नसकेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
बुटवल-तानसेन खण्डमा सिद्धबाबा, गौडेपुल, चर्चरे, पानीमिललगायतका ठाउँमा पहिरो खसेको छ । त्यस्तै पाल्पाको सदरमुकाम तानसेन हुँदै गुल्मीको तम्घास खण्डमा पनि गाडी चल्न सकेका छैनन् ।
हिजो बेलुकादेखि परेको पानीले पहिरो खसेको हो । रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङलगायतका जिल्लामा निरन्तर पानी परेको छ । पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका
काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को
नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा भुकम्पको धक्का महसुस