कोलम्बियाको कारागारमा दंगापछि आगजनी : ४९ जनाको मृत्यु

१५ असार २०७९, बुधबार ०९:०८ मा प्रकाशित

वोगोटा । दक्षिण पश्चिमी कोलम्बियाको एउटा कारगारमा दंगा सुरु भएपछि आगलागी हुँदा ४९ जना कैदी मारिएका छन् । अरु ३० जना घाइते भएका कारगारका अधिकारीहरूले बताएका छन् ।

 

भाल्ले डल काउकाको टुलुवास्थित राष्ट्रिय कारगार निकायले मंगलबार बिहान सवेरै कैदीहरूले नै आगजनी गरेको जानकारी दिएको छ । त्यहाँ तैनाथ गार्डहरूले दंगामा हस्तक्षेप गर्न नसकुन् भन्ने हेतुले कैदीहरूले म्याट्रेसहरू बालेको बताइएको छ ।
सरकारी अधिकारीहरूले आगो नियन्त्रणमा लिइसकेको र यस घटनाको मौका छोपेर कोही पनि कैदी भाग्न नसकेको बताएका छन् ।

स्थानीय समयअनुसार बिहान करिब एक बजे कारागारको एक खण्डमा आगलागी सुरु भएको थियो । सो स्थानमा समान्यतया १ सय ८० जना कैदी थुन्ने गरिएको छ । सो सहरका स्थानीय बासिन्दाले कारागारभित्र धुँवा र आगोका लप्का देखेको र हेर्दाहेर्दै अनियन्त्रित हुन पुगेको आगोले सो खण्ड जलेको बताएका छन् ।

एम्बुलेन्स र अग्नि नियनत्रण टोली तत्काल घटनास्थल पुगेका थिए । गार्डहरूले कारगारमा जडित अग्निनियन्त्रण उपकरण प्रयोग गरेर केही कैदीको उद्धार गरेका थिए । सरकारको कारगार निकाय प्रमुख जनरल टिटो क्यास्टेल्लानोसले भयानक परिणमलाई ख्यालै नगरी कैदीहरूले म्याट्रेस बालेको बताएका छन् । राष्ट्रपति इभान डुक्युले यस घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे