धादिङका स्थानीय बासीद्धारा अबैध कुखुरा नियन्त्रण

३० मंसिर २०६९, शनिबार १७:३० मा प्रकाशित

धादिङ, ३० मंसिर । केएफसी रेष्टुरेन्टका लागि काठमाडौं ल्याउन लागिएको दुई कन्टेनर कुखुराको मासु धादिङका किसानले धार्केमा नियन्त्रणमा लिएका छन् । भारतबाट नेपाल ल्याउन लागिएको थप २० कन्टेनर मासुसमेत नियन्त्रणमा लिने तयारी किसानहरुले गरेका छन्।
उनीहरुले राति एउटा कन्टेनर र आज बिहान एउटा कन्टेनर नियन्त्रणमा लिएका हुन्। कुखुरा उत्पादनमा नेपाली किसान आत्मनिर्भर भइसकेकोले विदेशबाट कुखुराको मासु ल्याउन नहुने भन्दै उनीहरुले कन्टेनर नियन्त्रणमा लिएका हुन्।
तीन वर्षअघि सुरु भएको केएफसीले त्यतिखेरदेखि नै नेपालमा उत्पादित कुखुरा अन्तराष्ट्रिय मापदण्ड पूरा नभएको भन्दै थाइल्यान्डबाट मासु आयात गर्दै आएको छ।
यसैबीच काठमाडौंबाट क्वारेन्टाइन जाँच्नका लागि धादिङ पुगेको टोली र स्थानीयबासीबीच पनि बिबाद भएको छ ।
दुई टोलीबीच विवाद भएपटि प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेर स्थतिलाई नियन्त्रणमा लिएको छ । अश्रुग्यास प्रहारबाट नुवाकोटका दीपबहादुर अधिकारी घाइते भएका छन्। उनको धार्केस्थित शिवदर्शन अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका

काठमाडौं ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै

आजको प्रमुख समाचार