बुढीगंगामा पुन: मतदान रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

१४ असार २०७९, मंगलवार १८:३१ मा प्रकाशित

काठमाडौं ।असारमा पुनः मतदान तोकिएको बाजुराको बुढीगंगा नगरपालिकामा ३० वैशाखमै भएको मतदानको मतगणना गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा ३० वैशाखमै भएको मतदानको मतगणना गर्ने आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले बुढीगंगामा ३० वैशाखको मतदान रद्द गरी २३ असारमा पुन: मतदानको निर्णय गरिसकेको छ । तर बुढीगंगाका मतदाता दलबहादुर सावदले यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

मंगलबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिकै मतदानको मतगणना गर्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चको यो निर्णयसँगै निर्वाचन आयोगलाई २३ असारमा बुढीगंगामा पुनस् मतदान गर्न बाटो खुलेको छ ।

३० वैशाखमा भएको निर्वाचनमा केही मतदान केन्द्रमा बुथ कब्जा भएको पुष्टि भएको भन्दै आयोगले ३० वैशाखमा भएको मतदान रद्द गरी पुनः मतदानको नयाँ मिति तोकेको थियो । बुथ कब्जा भएको भन्दै नेपाली कांग्रेसलगायत सत्तारुढ गठबन्धनका दलले पुनः मतदान मागेका थिए भने नेकपा एमालेले मतगणना माग गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस