मुक्त कमैयाद्धारा आन्दोलनको चेतावनी

३० मंसिर २०६९, शनिबार १७:२१ मा प्रकाशित

काठमाडौं, ३० मंसिर । सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै मुक्त कमैयाहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले नेपाल सरकारले आफूहरुसँग गरेको ११ बुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
कमैया मुक्तीको घोषणा र पुनःस्थापना सुरुको भएको १२ वर्ष वितिसक्दा पनि मुक्त कमैयाहरुको पुनःस्थापना हुन नसकेको, पूर्जा प्राप्त नभएको, जग्गा चिन्न परिचय पत्र, घर बनाउन अनुदान रकम र काठ पाउन नसकेको भन्दै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका मुक्त कमैयाहरुले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
आज पत्रकार सम्मेलन गर्दै कमासु दिगो विकास समाजका केन्द्रीय अध्यक्ष विन्तिराम थारुले भने ‘२०६३, २०६४ र २०६५ मा मुक्त कमैयाहरुसँग भएका ११ बुँदे सम्झौता तत्काल कार्यान्वयन नगरे हामी सुदूर पश्चिमाञ्चल ठप्प पाछौं ।’ उहाँले मुक्त कमैया पुनःस्र्थापना समस्या समाधान केन्द्रिय आयोगमा जिल्ला स्तरमा क्रियाशील मुक्त कमैयाहरुको संस्थाका कमैया प्रतिनिधिहरुको प्रतिनिधित्व गराईनुपर्ने माग गरे ।
महासचिव जगतराम थारुले मुक्त कमैया रहित घोषणा गरिएको दाङ, बाँके र कन्चनपुर जिल्लामा मुक्त कमैया समस्या समाधान जिल्ला समिति पुनर्गठन गरी बाँकी कमैया पुनःस्थापना कार्य तत्काल थाल्न माग गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने